माधव नेपाललाई इंकित गर्दै केपी ओलीले भने- ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने पनि आफूलाई कम्युनिष्ट भन्छन्’ « Khabarhub

माधव नेपाललाई इंकित गर्दै केपी ओलीले भने- ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने पनि आफूलाई कम्युनिष्ट भन्छन्’


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको आलोचना गरेका छन्।

अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसदेखि राष्ट्रिय जनमोर्चा सम्मको कामको विरोध गरेका हुन्।

नेपाली कांग्रेसका नेता नपढे पनि महान हुन्छन्, कम्युनिष्टहरु जति पढे पनि हुँदैनन् भन्ने आम धारणा छ भन्दै कटाक्ष गरे। राष्ट्रिय जनमोर्चाले एमालेले जिताइदिएको एक सांसद पद पनि आगामी निर्वाचनबाट जोगाउन नसक्ने भएपछि गठबन्धन छोड्न नसकेको टिप्पणी गरे ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले पनि आफूलाई कम्युनिष्ट बताउने गरेको आरोप लगाए ।

प्रकास सपूतको ‘तिम्रो मायाले पिर दियो’ भन्ने गीतले माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले कुनै पार्टीलाई अप्ठेरो पारेको टिप्पणी गरे।

मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गर्न समेत छुटाएनन् । कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : १४ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने