क्रिप्टोकरेन्सीको साइट बन्द गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन | Khabarhub Khabarhub

क्रिप्टोकरेन्सीको साइट बन्द गर्न दुरसञ्चार प्राधिकरणको निर्देशन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल दुरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेबसाइटहरू बन्द गर्न निर्देशन दिएको छ । बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत साइट तथा एपहरु बन्द गर्न निर्देशन दिएको हो ।

अनलाइन मार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध वा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ।

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्या क्रिप्टोकरेन्सी कारोबारी छन् ।

विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ ।

क्रिप्टोकरेन्सी, बिटक्वाइन र अनलाइन जुवाजन्य कारोबारले आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो ।

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १.४५ प्रतिशत जनसंख्या क्रिप्टोकरेन्सी कारोबारी छन् ।

विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ । नेपालमा पटक पटक अबैध मानिएको क्रिप्टो कारोबारीहरु भेटिएका थिए ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ०७ बजे

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा

शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवताविरुद्धको

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले