मुगुमा आँखा शिविर सञ्चालन « Khabarhub

मुगुमा आँखा शिविर सञ्चालन


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाली जिल्ला मुगुमा बुधबारबाट निशुल्क आँखा शिविर सञ्चालन भएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजना हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुमा तिन दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

शिविर असार ३ गते सम्म सञ्चालन हुनेछ । बुधवार अर्थात् पहिलो दिनमा ४ सय ४ जनाले आँखा चेकजाँच गरेका छन् । जस मध्ये ४५ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको भोलि अप्रेसन गरिने नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपसभापति तथा कर्णाली प्रदेश सभापति तिलक बहादुर मल्लले जानकारी दिए । उनका अनुसार शिविर ३ दिन सम्म चल्नेछ ।

यसमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकले सहजे सेवा पाउन सक्ने बताए । शिविरमा जुम्लाका आँखाका विरामिको पनि चेकजाँच गरिएको छ ।

मोतियाबिन्दु गरेका आँखाका विरामिलाइई चश्मा पनि वितरण गरिने छ । शिविर सञ्चालन गर्न अस्पताल बाट चिकीत्सक सहित स्वास्थ्यकर्मी उपस्थिती भई सकेका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ५१ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली