उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै « Khabarhub

उपसभामुखको निर्वाचन आज, पुष्पा र विद्या भिड्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराईलाई अघि सारेको छ।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा लक्ष्मीकुमारी चौधरी छन् भने भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन्।

आज दिउँसो ३ बजे प्रतिनिधिसभामा उपसभामुखको लागित मतदानको कार्यतालिका सार्वजनिक भइसकेको छ।

आज दुवै उम्मेदवारका प्रस्तावकले दाबी प्रस्तुत गर्नेछन् र समर्थकका तर्फबाट पनि वक्तव्य दिनेछन्। छलफल सकिएपछि दर्ता क्रमअनुसार निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई मत विभाजनसहितको प्रक्रियामा अघि बढाइनेछ।

पहिलो प्रस्तावको पक्षमा नै बहुमत पुगेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिने छैन। सत्ता गठबन्धनको साथ रहेका कारण भुसालको प्रस्तावका पक्षमा सहज बहुमतको अवस्था देखिएको छ।

हिजो बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ६ : ३२ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र