नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई « Khabarhub

नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका मतदान अधिकृतका रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ ।

विवरणअनुसार कुश्मा नगरपालिका-३ को काफलचौर मावि (ग) केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी  सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि (ख) केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ ।

युवा वर्ष आधारभूत विद्यालय (ख) केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मङ्गलोदय मावि (ख) केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक मावि (ख) केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठ, फर्सेधाइरिङ मावि (ख) केन्द्रमा नवजागृत माविकी शिक्षक रुचिला सापकोटा, जननेत्र मावि (ख) केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती मावि (ख) केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : १३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्