प्रदेशको नाम मधेस र राजधानी जनकपुर राखौँ– जनकपुर उद्योग वाणिज्य संघ « Khabarhub

प्रदेशको नाम मधेस र राजधानी जनकपुर राखौँ– जनकपुर उद्योग वाणिज्य संघ


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो ।

त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो र माओवादी केन्द्रका संसदीय दलका नेता आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश सभाको गठन भएको झण्डै ४ वर्ष भइसक्दा पनि प्रदेशको नाम र राजधानीमा दलहरूबीच नहुनु दुःखद र खेदजनक विषय रहेको भन्दै संघले तत्काल दुवै विषयको टुंगो लगाउन दलहरूसँग आग्रह गरेको छ ।

प्रदेश २ का राजनीतिक दलका नेताहरूलाई ज्ञापन पत्र बुझाउँदै सोमबार हुन लागेको मतदानबाट अस्थायी रहेको जनकपुरधामलाई स्थायी राजधानी बनाई बिलम्ब नगर्न आग्रह गरेका छन् । विभिन्न आन्दोलन र त्याग बाट प्राप्त भएको संघीयतामा प्रदेश २ का सर्वसाधारण जनताले मधेस प्रदेशसहित समुन्नत नेपालको सपना देखेको संघको भनाई छ ।

मधेस आन्दोलन, मधेसी सहिद र जनताको सपना मधेस प्रदेशलाई दर्साइएकाले समेत यी तर्कले संघले प्रदेश २ को नाम पनि मधेश नै राख्नु पर्ने माग गरेको देखिन्छ ।

टोलीमा संघको वरिष्ठ उपाध्यक्ष मिनष रमण साह, महासचिव मनोज कुमार साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष सहितका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ०१ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस