इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने | Khabarhub Khabarhub

इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्सको बीचमा सम्झौता भएको हो ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरपालिका र तारा एयरलाइन्सका बिचमा भएको सम्झौता १२ उडान अर्थात् तीन महिनाको लागि भएको हो । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाई यात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख बस्नेत बताउँछन् ।

तीन महिनासम्म नियमित उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । ‘तीन महिनाको ट्रायल फ्लाइट चल्यो भने नियमित रूपमा चल्छ, नभए चल्दैन भन्ने एयरलाइन्स कम्पनीका साथीहरूको कनक्लुजन छ’, बस्नेतले भने,‘यो विमानस्थल जनस्तरबाटै सुरु भएको हो । जुन अपेक्षाबाट पैसा हालिएको थियो त्यो अपेक्षा पुरा होस भन्ने हामी चाहन्छौ ।’

इलामबाट नियमित उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकतर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्नेछन् ।

विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दा पनि उडान सुरु भएको थिएन । विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ३० बजे

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।