इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने « Khabarhub

इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ । ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्सको बीचमा सम्झौता भएको हो ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरपालिका र तारा एयरलाइन्सका बिचमा भएको सम्झौता १२ उडान अर्थात् तीन महिनाको लागि भएको हो । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाई यात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख बस्नेत बताउँछन् ।

तीन महिनासम्म नियमित उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । ‘तीन महिनाको ट्रायल फ्लाइट चल्यो भने नियमित रूपमा चल्छ, नभए चल्दैन भन्ने एयरलाइन्स कम्पनीका साथीहरूको कनक्लुजन छ’, बस्नेतले भने,‘यो विमानस्थल जनस्तरबाटै सुरु भएको हो । जुन अपेक्षाबाट पैसा हालिएको थियो त्यो अपेक्षा पुरा होस भन्ने हामी चाहन्छौ ।’

इलामबाट नियमित उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकतर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्नेछन् ।

विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दा पनि उडान सुरु भएको थिएन । विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ८ : ३० बजे

सुकुम्बासी बस्ती : घरमा डोजर चल्यो, झरीले भिजायो जोगाएका लत्ताकपडा

काठमाडौँ – घरटहरा भत्काइएपछि काठमाडौँ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीलाई झरीले झनै

लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर