अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी  « Khabarhub

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

 अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई १७२ मतले हराउँदै माओवादी केन्द्रका भट्ट विजयी बनेका हुन् । भट्टले २४६९ मत पाउँदा उनका प्रतिद्वन्द्वी पालले २२९७ पाए । यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै अध्यक्षमा विजयी भएका थिए ।

 त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई २५६ मतले पछि पार्दै काँग्रेसकी पाल उपाध्यक्षमा विजयी भइन् । पालले २५६५ मत पाउँदा उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन् । अजयमेरुमा बिपी काँग्रेस र एमालेको गठबन्धन छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी