अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी  « Khabarhub

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

 अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई १७२ मतले हराउँदै माओवादी केन्द्रका भट्ट विजयी बनेका हुन् । भट्टले २४६९ मत पाउँदा उनका प्रतिद्वन्द्वी पालले २२९७ पाए । यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै अध्यक्षमा विजयी भएका थिए ।

 त्यस्तै माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई २५६ मतले पछि पार्दै काँग्रेसकी पाल उपाध्यक्षमा विजयी भइन् । पालले २५६५ मत पाउँदा उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन् । अजयमेरुमा बिपी काँग्रेस र एमालेको गठबन्धन छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : २८ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर