नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण  « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् ।

उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् ।

यस्तै, १५०० मिटर दौडमा दिर्पा बस्नेतले एक रजत, ४०० मिटर दौडमा इन्दिरा श्रेष्ठले एक रजत र सटफुटमा गणेश बस्नेतले एक रजत जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रदेश स्तरिय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए ।

प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : २६ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्