ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन « Khabarhub

ऊर्जामन्त्री भुसालद्वारा ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’ को उद्घाटन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गरेकी छन् । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री भुसालले उद्घाटन गरेकी हुन्।

जलस्रोतको परीक्षण त्यससँग सम्बन्धित तालिम सञ्चालन गर्ने उद्देश्यले १२ आना जग्गामा रु १४ करोड लागतमा सात तलाको अत्याधुनिक भवन निर्माण गरिएको हो । सोही अवसरमा मन्त्री भुसालले भौतिक पूर्वाधार, सडक, अवास, सिँचाइ, खानेपानी र जलविद्युत्लगायत समग्र देशको विकासको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “हामीसँग समग्र मास्टर्स प्लान छैन, हामी विकेन्द्रित विकास गर्छौँ, सबै मन्त्रालयले आआफ्नै ढङ्गले विकासका काम गर्छौँ, त्यसले गर्दा कहिले डुप्लीकेसन, बजेटको केन्द्रीकरण हुने समस्या हुन्छ, त्यसैले सबै सरकारले निरन्तरता दिने गरी राजनीतिक सहमति गरेर देशको विकासका लागि मास्टर्स प्लान बनाउनुपर्छ ।” मास्टर्स प्लानसहित विकासको योजना बनाउँदा दिगो र आवश्यकताको विकास हुने उनको भनाइ छ ।

मन्त्री भुसालले तालिम तथा अनुसन्धानका कार्यक्रम सञ्चालनका लागि केन्द्र प्रयोगमा आउने बताउँदै जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको विशिष्ट भौगोलिक अवस्था अनुकूलको विकास निर्माणका योजना तयार पार्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्रालयका ऊर्जा सचिव सुशील चन्द्र तिवारीले जलस्रोतको विकास, नयाँ प्रविधिको प्रयोग र अनुसन्धानका निम्ति निर्माण गरिएको भवन जलस्रोतका क्षेत्रमा बढीभन्दा बढी प्रयोग हुने बताए। मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को क्षेत्राधिकार बढाउँदै विशिष्ट प्रकृतिको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक सरिता दवाडीले प्रयोगशालालाई जलस्रोत क्षेत्रको राष्ट्रिय स्तरको प्रयोगशालाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : ५३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्