विभिन्न स्थानमा चार जना मृत फेला    | Khabarhub Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला   


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको भद्रपुर नगरपालिका-७ बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका-५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : २५ बजे

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट

एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्‍यो

गोदावरी ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनबाट पार्टीको झण्डाको रंग