दोस्रो चरणको फाइजर खोप लगाइँदै « Khabarhub

दोस्रो चरणको फाइजर खोप लगाइँदै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । 

कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ । पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरूपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ । 

स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य संस्थामार्फत खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ । पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरूपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो । 

खोप नलाउँदा कोराना जोखिम उच्च हुने  र सङ्क्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : २४ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन