लोसपा कार्यकारिणी समिति बैठक जारी « Khabarhub

लोसपा कार्यकारिणी समिति बैठक जारी


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बबरमहलस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको हो । 

आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउन आउँदो आइतबार र सोमबार (२ र ३ असोज) दुई दिन समय दिएको छ । 

दलहरूले समानुपातिक तर्फको ११० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ । जारी बैठकमा बन्द समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । 

शनिबार (१ असोज) मध्यरातबाट मौजुदा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिन लागेकाले कार्यकालको विषयमा जारी बैठकले समीक्षा गर्नेछ । 

आगामी निर्वाचनको रणनीति तथा अन्य दलसँग गरिने सम्भावित तालमेल वा गठबन्धनका विषयमा पनि जारी बैठकमा छलफल हुन सक्नेछ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ०८ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्