सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल « Khabarhub

सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सामूहिक विद्यालय परिवार रूपन्देहीले मेमोरी खेल गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक/फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो । 

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रूपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए । छात्र र छात्रा गरेर भएको कार्यक्रममा छात्र तर्फ मनकामना बोर्डिङ हाइ स्कुलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनीश चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिकहोम स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए ।

त्यस्तै छात्रा तर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिनर्हवा हाइ स्कुलकी लिजा गुरुङ दोस्रो, मनकामना हाइ स्कुलकी सरिना क्षेत्री तेस्रो र एभ्रेष्ट मोर्डन स्कुलकी प्रिङ्का जैसवाल सान्त्वना भएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रूपमा विद्यालय लाग्न आग्रह गरे । मानिसको सर्ट मेमोरी र लङ मेमोरी मध्ये सामूहिक विद्यालय परिवारले आयोजना गरेको मेमोरी गेम सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरू हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणी भएको बताउँदै विद्यार्थीले लगनशील भएर अध्ययन गर्नु  पर्ने  सामूहिक विद्यालय परिवार रूपन्देहीका पूर्व अध्यक्ष राजकुमार गुरुङले बताए । सामूहिक विद्यालय परिवार रूपन्देहीकी १८ विद्यालय मध्ये १७ विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५८ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्