प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै « Khabarhub

प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) गृह जिल्ला डडेल्धुरा जाँदैछन्। मंगलबार बेलुकी धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं निर्वाचन क्षेत्र जान लागेका हुन्।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन्।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला पुगेका थिए। त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा सत्ता गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए। देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : ३२ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई