रुसद्वारा पूर्वी पोल्याण्डमा मिसाइल प्रहार, २ जनाको मृत्यु « Khabarhub

रुसद्वारा पूर्वी पोल्याण्डमा मिसाइल प्रहार, २ जनाको मृत्यु


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ। युक्रेनको सिमाना नजिक पूर्वी पोल्याण्डको एक गाउँ भएको विस्फोटमा दुई जनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् । विष्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।

ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले रूसी क्षेप्यास्त्रहरूले पोल्याण्डको भूभागमा आक्रमण गरेको रिपोर्टलाई अस्वीकार गर्दै तिनीहरूलाई ‘जानीजानी उक्साहट’ भनी वर्णन गरेको थियो ।

रुसी सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘क्रेनी–पोलिश सीमा नजिकका लक्ष्यहरूमा कुनै पनि रुसी विनाशकारी माध्यमद्वारा हमला गरिएको थिएन ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : २० बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई