उदयपुरमा चुनाव प्रचारप्रसार गाउँ केन्द्रित | Khabarhub Khabarhub

उदयपुरमा चुनाव प्रचारप्रसार गाउँ केन्द्रित


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्वत – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उदयपुरका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन्।

चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्यक वडा–वडामा केन्द्रित भएका छन्। उदयपुरको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार एवं परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रदेशसभा (१) का सत्ता गठबन्धनका उम्मेदवार राजन किराँतीले मङ्गलबार बेलका नगरपालिकाका वडा नं १, ३, ६, ७ र ८ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको चुनाव प्रचार–प्रसार समितिका सदस्य कुमार राईले बताए।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) का उम्मेदवारसहितको सत्ता गठबन्धनको टोलीले मङ्गलबार त्रियुगा नगपालिकाको वडा नं १, ५, ३, ४ र ७ मा चुनावी कोणसभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको निर्वाचन क्षेत्र नं १ प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका जिल्ला सचिव किरण राईले बताए।

नेकपा (एमाले)बाट निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मञ्जुकुमारी चौधरीसहित प्रदेश (२) का उम्मेदवार ईश्वरमणि राउत तथा प्रदेश (१) का कुशलबाबु बस्नेतसहितको टोलीले चौदण्डीगढी नगरपालिकाका अधिकांश वडामा घरदैलो कार्यक्रम गरिरहेको एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए।

निर्वाचन क्षेत्र नं २ मा पनि सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगन्नाथ खतिवडा अहिले पहाडी क्षेत्रको ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाका प्रत्येक वडामा घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको निर्वाचन क्षेत्र नं २ का चनाव प्रचार–प्रसार समितिका सदस्य तथा माओवादी केन्द्रका नेता मोहन खत्री बताउँछन्।

यसपटकको निर्वाचनमा चुनावी प्रचार–प्रसारका क्रममा जिल्लाको मुख्य सदरमुकाम गाईघाटसहित कटारी, चौदण्डीको बेल्टार तथा बेलकाको रामपुर गरगाछी बजारमा कुनै बृहत् चुनावी सभा सञ्चालन नभएको जिल्लाका राजनीतिक दलका नेता र उम्मेदवार बताउँछन्। कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईका अनुसार विगतका निर्वाचनमा राजनीतिक दलले जिल्ला सदरमुकाम र अन्य नगरका मुख्य सहरमा बृहत् चुनावीसभा र र्‍याली सञ्चालन गर्ने गरेको भए पनि यसपटकको निर्वाचनमा अधिकांश राजनीतिक दल गाउँ र वडा केन्द्रित तथा घर–घर गई भोट माग्ने कार्य भइरहेको छ।

उदयपुरमा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभामा चार निर्वाचन क्षेत्र छन्। प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ मा १५ र २ मा १२ उम्मेदवार चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले बताए। यस्तै क्षेत्र नं १ प्रदेशसभा (१) मा ११ र (२) मा १२ उम्मेदवार चुनावी मैदानमा छन्। यस्तै क्षेत्र नं २ मा प्रदेशसभा (१) मा छ र (२) मा पाँच उम्मेदवार चुनावी मैदानमा छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा, जनमुक्ति पार्टी, मङ्गोल अर्गनाइजेशन, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा १० स्वतन्त्र उम्मेदवारले चुनावमा सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा दुई लाख २८ हजार सात सय ५६ मतदाता छन्। क्षेत्र नं १ मा एक लाख २५ हजार चार सय ३२ तथा क्षेत्र नं २ मा ९३ हजार सात सय ८९ मतदाता छन्।

विसं २०७४ को चुनावमा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका डा नारयण खड्का र क्षेत्र नं २ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए। क्षेत्र नं १ प्रदेशसभा (१)बाट एमालेका विमल कार्की र (२) बाट कांग्रेसका हिमाल कार्की विजयी भएका थिए। क्षेत्र नं २ प्रदेशसभा (१)बाट एमालेकी कला घले र (२) बाट माओवादी केन्द्रको नारायण बुर्जा मगर विजयी भएका थिए।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ४० बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार