रुपन्देहीमा चालू आवको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च « Khabarhub

रुपन्देहीमा चालू आवको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा पुँजीगत बजेटको ५ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रूपमा रहेको पूर्वाधारको आवश्यकता पूरा गर्ने बजेट पुँजीगत खर्च नहुनु भनेकै विकास नहुनु हो । अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च हुने घोषणा गरे पनि बजेट खर्च अन्तिम त्रैमासिकमा मात्रै हुने गरेको छ ।

रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा ५ दशमलव ११ प्रतिशत पुँजीगत खर्च भएको छ । एक तिहाई समय वित्दा लक्ष्य भेट्टाउन अब ९४ प्रतिशतभन्दा धेरै खर्च गर्नुपर्छ । विगत केही वर्षअघि सामानान्तर रूपमा बजेट खर्च भएपनि यो क्रम बिस्तारै हट्दै गएको छ ।

सरकारले यसैलाई मध्यनजर गर्दै २०७२ असोज ३ गते जारी गरेको संविधानमै जेठमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यत्मक व्यवस्था गरेको थियो । तर काम गर्ने परिपाटी उस्तै भएपछि पुँजीगत खर्च बढ्न सकेको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार चालू आर्थिक वर्षको कार्तिक अन्तिम सातासम्म चालू तर्फको ३२ अर्ब ५८ करोड ४२ लाख ३६ हजार ३ सय २९ मध्ये ७ अर्ब ७९ करोड ७३ लाख ४२ हजार १ सय ५२ रुपैयाँ अर्थात २३ दशमलव ९२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ अख्तियारी आएको कुल बजेट ६ अर्ब ९४ करोड २३ लाख मध्ये हाल सम्म ३५ करोड ५२ लाख २१ हजार ६ सय ९७ अर्थात् ५ दशमलव ११ प्रतिशत रकम खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

चालू आवमा जिल्लाको कुल बजेट ३९ अर्ब ५२ करोड ६५ लाख ३६ हजार ३ सय २९ रहेकोमा हालसम्म ८ अर्ब १५ करोड खर्च भएको छ । प्रतिशतमा हेर्दा २० दशमलव ६३ प्रतिशत कूल बजेट खर्च भएपनि पुँजीगत तर्फ ५ प्रतिशत खर्च भएको छ । तलब भत्तामा २३ प्रतिशत खर्च भइकेको अवस्थामा विकास बजेटतर्फ न्यून खर्च भएको छ । जिल्लाका ५४ वटा कार्यालयले मात्रै ती विकास बजेट खर्च गरेका छन् ।

पहिलो त्रैमासमा मेला पर्व, वर्षायाम, ठेक्का सम्झौता हुने समय र प्रक्रिया भएकोले खर्च भन्दा पनि प्रक्रियाको चरण हुने भएकोले उपलब्धिमूलक खर्च हुन नसकेको हो । अहिले निर्वाचनले गर्दा नयाँ काम सुरुवात गर्न र अन्य काम गर्न पनि आचारसंहिताले रोकेकोले पनि बजेट खर्च नभएको हुन सक्ने प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताए ।

पुँजीगत खर्च गर्नसके अहिले भएको तरलता अभावमा पनि केही सहयोग पुग्ने र यसबाट अर्थतन्त्र चलायमान पनि हुने देखिन्छ । यद्यपि बजेट खर्च नहुँदा पैसाको चल्ती फिर्ती रोकिने, मजदुरहरूको रोजगारीमा संकुचन हुने र बजारमा तरलता अभाव हुने गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

चालू बजेट खर्च हुने तर पूँजीगत खर्च नहुनु भनेकै कर्मचारीहरुले काम नगरिदिँदा पूर्वाधार तथा आयोजनाको काम सुस्त हुनु हो । खर्च गर्न नसक्ने निकाय तथा व्यक्तिलाई दण्ड गर्न सक्नुपर्ने व्यवस्था पनि हुनुपर्ने बताइएको छ ।

सरकारले विकासलाई प्राथमिकता र समयमा नै सम्पन्न गर्नका लागि बजेट निकासा चाँडै गर्न लागेको छ । सोही पुँजीगत खर्चको रकम नै सदुपयोग नहुनु भनेकै विकास निर्माणको काम कछुवा गतिमा हुनु पनि हो ।

कार्यालयका अनुसार पुजीगत तर्फ संघीय आयोजना कार्यान्वयन एकाईले १ अर्ब ८५ करोड रुपैयाँ अख्तियारी पाएकोमा हाल सम्म ३ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । सडक डिभिजन कार्यालयले १ अर्ब ६९ करोडको अख्तियारी पाएकोमा हालसम्म ४ करोड ४६ लाख रुपैयाँ मात्रै खर्चिएको छ । यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ५७ करोड २९ लाख मध्ये १२ करोड ७३ लाख खर्चिएको छ ।

बेलहिया बुटवल सडकले ४९ करोड मध्ये ५७ लाख, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले ४५ करोड मध्ये ४३ लाख, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले ३६ करोड ३८ लाख मध्ये १ करोड १० लाख, भैरहवा लुम्बिनी भूमिगत जल सिँचाई व्यवस्थापन डिभिजनले २३ करोड मध्ये ७ लाख ७४ हजार र गौतमबुद्ध विमानस्थल भन्सार कार्यालयले ९ करोड ३० लाख मध्ये ६ हजार रुपैयाँ मात्रै खर्चिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : २७ बजे

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको

ती बालेन, यी बालेन : मेयर हुँदा निहारिकाको साथमा, प्रधानमन्त्री हुँदा मुद्दा चलाउन हिरासतमा

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ