लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट « Khabarhub

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताएका छन् ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा आज धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताए ।

प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना औँल्याउँदै उनले भने, “प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

मुख्यमन्त्रीले अहिलेसम्म नेपालमा र खासगरी सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोगप्रति एनआरएनलाई धन्यवाद दिए।

आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्त गरे ।

एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताए । उनले भने, “नेपालमा कोभिड–१९ को समस्या आउँदा सबैभन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको थियो ।” एनआरएनको पहलमा नेपालमा रु दस अर्ब लागानीका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।

संस्थाका पूर्वअध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, पत्रकार दीर्घराज उपाध्याय लगायतले सुदूरपश्चिममा लगानी मैत्री वातावरणका सम्भावना र चुनौतीका विषयमा आफ्ना धारणा राखेका थिए ।

विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटरलगायत सामग्रीको सहयोग गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : २० बजे

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने