आज २०७८ साल फागुन ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ५ गते बिहीबारको राशिफल


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ५ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश :

फागुन ५ गते बिहीबार
मेष : आजको दिन राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा राम्रो छ। विद्याको क्षेत्रमा गरेको श्रम लगानी बढ्नेछ।

वृष : दिन सामान्य राम्रो छ। अरु सबै क्षेत्रहरु यथावत रहे पनि आर्थिक र शैक्षिक क्षेत्रमा राम्रो छ। आजको दिन गरेको लगानीबाट प्रतिफल राम्रो मिल्ने योग छ।

मिथुन् : दिन सामान्य राम्रो छ। धार्मिक र राजनीतिको क्षेत्र राम्रो रहेको भएपनि पारिवारिक झगडा हुने देखिएको छ। आफन्तबाट असहयोग मिल्नेछ। दाजुभाइसँगको व्यवहारमा सतर्कता अपनाउनुहोला।

कर्कट : आजको दिन ठिकै राम्रो छ। स्वास्थ्य, शिक्षा, सामाजिक, राजनीति क्षेत्र यथावत रहेका छन्। आर्थिक क्षेत्रमा गरेको लगानीबाट हौसला मिल्नेछ। उन्नती प्रगति हुने दिन परेकाले लगानी गर्न नडराउनुहोला।

सिंह : दिन राम्रो छ। तपाईंका कार्य यथावत रहने देखिन्छ। शिक्षाको क्षेत्रमा भने जोश जाँगर बढ्नेछ। सन्तानदेखि सुख प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कन्या : दिन ठिकै राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। राजनीति र वैदेशिक क्षेत्रमा निकै राम्रो छ। राजनीतिमा पार्टीगत साथीबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम सेवाबाट राम्रो उपलब्धि हुने योग परेको छ।

तुला : दिन निकै राम्रो छ। अरु क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा उज्जल भविष्य निर्माण गर्ने दिन परेको छ। पठनपाठनमा जोश जाँगर बढ्नुको साथै आजको योजनाले दुरगामी सफलता मिल्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरु यथावत रहेपनि राजनीति क्षेत्रमा राम्रो पहुँच छ। वैदेशिक क्षेत्रमा उल्लेखनिय नतिजा हात लाग्नेछ।

धनु : दिन रामैै्र छ। धार्मिक, सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। वैदेशिक, राजनीति र पारिवारिक क्षेत्रमा सामान्य रहेकाले आजको दिन नयाँ सुरुवात नगरेकै राम्रो छ। शैक्षिक क्षेत्रमा गरेको लगानीले भने उल्लेखनीय नतिजा प्राप्त हुनेछ। पठनपाठनमा रुची बढ्नेछ।

मकर : दिन सामान्य छ। आफन्तबाट सहयोग मिल्नेछ। नयाँ काममा हात नहाल्नुहोला। आर्थिक क्षेत्रमा विचलन हुने देखिएकाले सतर्कता अपनाउनुहोला। राजनीतिमा भने मानसम्मान पाउने योग छ। नयाँ साथी बन्नेछन्।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्र यथावत छन् भने व्यापार व्यवसायमा लाभ मिल्नेछ। वैदेशिक श्रम रोजगारमा गरेको लगानीले राम्रो नतिजा पाइनेछ। आफ्नै बोलीले अफ्ट्यारोमा पर्ने भएकाले ख्याल गर्नुहोला।

मिन : दिन सामान्य छ। तपाईंका शब्दको अर्थ गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत भएर गर्नुहोला। धेरै टाढाको यात्रा नगर्नुहोला। आजको दिन आफ्ना दाजुभाइ र बन्धुसँग बसेर बिताउनुहोला। आफ्नो काम आफै गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ११ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा