खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार « Khabarhub

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो । 

घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै   राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पुर्‍याइएको थियो । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भए ।

घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् । यता पहिरोकै कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए । खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पुर्‍याएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २४ बजे

कांग्रेसमा गगन र विश्वप्रकाशसहित पाँच नेताको फरक मत

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ