निर्वाचनलक्षित एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन « Khabarhub

निर्वाचनलक्षित एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला–मङ्सिरमा हुने  निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ।  मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् । एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्को  कारागारका कैदीबन्दीका लागि राखिएको हो । 

कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन्। निर्वाचनका लागि जिल्लामा एक हजार  नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् ।नजिकै रहेका मतदान स्थलहरूका लागि  जाने क्रम जारी रहेको छ ।

जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी बिहीबार पुग्ने बताए ।  निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १२ : ५६ बजे

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि