‘रोजगारी सिर्जना गर्नेलाई मत’ « Khabarhub

‘रोजगारी सिर्जना गर्नेलाई मत’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह आज बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिए । दुई महिनाअघि मात्रै मजदुरीका लागि भारतको सिमला पहाड पुगेका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आएको बताए।

‘गाउँघरबाट भोट हाल्न सबले आउनुपर्छ भनेपछि काम छाडेर मतदान गर्न आएको हुँ’, वृद्ध सिंहले भने, ‘जीवनभर मतदान गरे पनि घरको खर्च चलाउन जहिल्यै भारतमा मजदुरी गर्नुको विकल्प भएन ।’ उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने दल र तिनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए। ‘चुनावमा आयो फेरि भोट हालेर भारत जानुपर्ने हाम्रो नियति छ’, उनले भने, ‘देशको व्यवस्था फेरिए पनि मजदुरी गर्नेको अवस्थामा कुनै खालको सुधार आएन ।’ उनले आफू लामो समयदेखि भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएको बताए ।

त्यसैगरी भारत देहरादुनबाट घर फर्किन लागेका कोहलपुर सम्झना चोकका पानसरी रानाले आफू बीस वर्षदेखि भारतमा काम गरिरहेको सुनाए। ‘यहाँकाले केही गर्दैनन्, भोट हालेर फेरि जाने त होनी’, उनले भने, ‘हामी त समय मिलाएर जहिल्यै पनि मतदान गर्न आएका हुन्छौंँ ।’ उनले निर्वाचनका बेला मात्रै पार्टी र उम्मेदवारले जनताको घरदैलोमा पुगेर आश्वासन बाँडे अनुसारको काम नभएको बताए । ‘हामी महिला मान्छे देहरादुनमा काम गरेर बच्चा पढाइरहेका छौँं’, उनले भने, ‘यो हाम्रो रहर नभइ बाध्यता हो ।’

त्यस्तै नारायणगढको देवघाटका मनिराम भुजेलले सिमलाबाट सात महिना गाउँबस्तीमै रोजगारी दिनेलाई मतदान गर्ने योजना सुनाए। सात महिनामा सिमलाबाट फर्किरहेका भुजेलले निर्वाचनपछि पुनः मजदुरीका लागि भारत फर्किने बताए। इलाका प्रहरी कार्यालय गड्डाचौकीले निर्वाचनका लागि मतदान गर्न तीन दिनयता स्वदेश फर्किनेको चाप बढेको जनाएको छ ।

इप्रका गड्डाचौकीका प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले आज बिहानसम्म दैनिक अढाईदेखि तीन सयसम्म नेपाली घर फर्किरहेको बताए। उनले निर्वाचन सुरक्षाका लागि सीमानाकामा कडाइ गर्नुका साथै प्रशासनले जारी गरेको नाका बन्दको काम पनि कार्यान्वयन प्रहरी प्रशासनबाट भइरहेको बताए।

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि पश्चिमी सीमानाका गड्डाचौकीबाट आवागमन रोक लगाउने निर्णय गरिसकेको छ । प्रशासनले सूचना जारी गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमानाका बन्द गरेको जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ५ : ५१ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट