लघु फिल्म प्रतियोगितामा जातीय विभेदविरुद्ध बनेका २० फिल्म छनोट « Khabarhub

लघु फिल्म प्रतियोगितामा जातीय विभेदविरुद्ध बनेका २० फिल्म छनोट


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनोट गरेको छ । निर्देशक समाजका महासचिव जनकदीप पराजुलीका अनुसार ६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्मलाई प्रारम्भिक चरणमा छनोट गरेको हो ।

निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी केही समयअघि सूचना प्रकाशित गरिएको थियो ।

कानुन न्याय,तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली , कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडीपीका प्रमुख सूचना अधिकृत कमलराज सिग्देल सम्मिलित निर्णायक मण्डलले प्राप्त फिल्मबाट २० फिल्म छानेका हुन् । चलचित्र निर्देशक समाजका महासचिव पराजुलीले प्राप्त ५६ फिल्मबाट २० फिल्म छनौट गरिएको जानकारी गराएका छन् ।

छनौट भएका फिल्ममा वाशिष्ठ प्रधानको ‘दि बास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण बंशीको ‘पुमावाङगु म्हगास’, हाफटाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीन श्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’ आशिष शर्मा पंगेनीको ‘क ख ग घ’ छिन्न मस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राजभण्डारीको ‘गंगा’ सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान सबैको’ प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’ शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् ।

छनौट भएका यी फिल्म अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा राखिन्छन् । यहाँ फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता फिल्मको घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको हात रहनेछ ।

प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैँया, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैँया प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : २३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको