आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ६ गते शुक्रबारको राशिफल


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ६ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश :

६ गते.शुक्रबार
मेष : दिन राम्रो छ। दैनिकी यथावत रहने छ। शिक्षामा गरेको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। पठनपाठनमा जोश जाँगर बढ्नेछ। आफन्तसँगको सम्बन्ध सुमधुर हुनेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रबाट उचाईमा पुग्ने दिन छ। आफन्तबाट सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाटसमेत राम्रो परिणाम प्राप्त हुनेछ। परीक्षाको तयारीमा हुनुहुन्छ भने सफलता मिल्ने योग छ।

मिथुन : दिन सामान्य राम्रो छ। झैझगडामा फस्नुपर्नेछ। पठनपाठनमा भने जोश जाँगर बढ्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कर्कट : दिन राम्रो छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। विद्यालय क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। राजनीति र वैदेशिक क्षेत्रलाई प्राथमिकतामा राख्नुहोला।

सिंह : आजको दिन राम्रै छ। चन्द्रमा र गुरु बृहस्पति आमने सामने रहेकाले दैनिक कार्यमा सुधार हुनेछ। शाकाहारी भोजन गरेको राम्रो छ। अरु क्षेत्रमा शुभ फल मिल्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक क्षेत्रहरु यथावत छन्। प्रतिस्पर्धी सक्रिय छन्। राजनीतिमा भने सहयोगी धेरै छन्। बलभन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धार्मिक, सामाजिक, वैदेशिक क्षेत्रहरु यथास्थितीमा रहेपनि शिक्षाको क्षेत्रमा निकै राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो आर्थिक वृद्धि हुनेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ।

वृश्चिक : दिन राम्रो छ। कर्म क्षेत्रमा जोशजाँगर बढ्नेछ। राजनीतिमा आफ्ना समकक्षीसँग सतर्कता अपनाउनुपर्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग छ। कुरा काट्नेहरु बढ्नेछन्।

धनु : दिन सामान्य राम्रो छ। वादविवाद हुनेछ। अनावश्यक खर्च हुने योग छ। परिवारबाट भने सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। सामाजिक, आर्थिक, पारिवारिक क्षेत्रहरु यथास्थानमा छन्। वैदेशिक रोजगारीको क्षेत्रमा भने सफलता मिल्ने योग छ। तपाईको लगानीले गुणात्मक नतिजा प्राप्त हुनेछ। बोलीमा प्रभाव पर्नेछ।

कुम्भ : दिन राम्रो छ। शुभचिन्तक बढ्नेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले राम्रो फल दिनेछ। खर्च बढ्नेछ।

मिन : दिन राम्रो छैन। नयाँ कामको सुरुवात नगर्नुहोला। विवाद हुने योग छ। सामाजिक क्षेत्रमा योगदान गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ५ : १२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा