न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर | Khabarhub Khabarhub

न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोसी गाउँपालिका–१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएका छन् । उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन् । मरिकले सोचेअनुसारको आम्दानी गर्न सकेका थिएनन् ।  

बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ । तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन । ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ । केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र स्याहारसुसारमा समय लाग्ने गरेकाले ललिता पाल्ने न पाल्ने भन्ने दोधारमा हुन्थे । पछिल्लो समय भने उन्नत जातको बङ्गुरपालनबाट सोचेकोभन्दा बढी आम्दानी हुने आशले उनी यसमा कम्मर कसेर लागेका छन्  ।

त्यसैगरी कोसी गाउँपालिका–५ की महावती सदाले पनि बाख्रापालन गर्दै आएका थिए । कोसी कटान क्षेत्रमा अधिकांश खेत बगर रहेका कारणले सदाले स्थानीय जातको बाख्रापालन गर्दै आएका थिए । बाख्रापालन गर्दा लाग्ने खर्च र मेहनतअनुसारको परिश्रम पाउन कठिनाइ हुँदै आएपछि उनी समस्यामा छन् । 

स्थानीय जातको बाख्रापालन गर्दा औषधि उपचार, घाँस, स्याहारसुसार गर्दा खर्च र मेहनत निकै लाग्ने गरेको भए पनि सोअनुसारको आम्दानी नहुँदा के गर्ने भने समस्याले सदा परिवारलाई पिरोलिरहेको छ । कोसी गाउँपालिका–५ की रुवि सदाको अवस्था पनि  ललिताकोभन्दा कम थिएन । स्थानीय जातको बाख्राले खासै आम्दानी नदिएपछि उनी अन्य पेशाको खोजीमा थिए । 

पछिल्लो समय कोसी गाउँपालिकाले उन्नत जातको बङ्गुर र बाख्रा दिएपछि अहिले त्यस क्षेत्रका न्यून आय भएका परिवार खुसी छन् । पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत कोसी गाउँपालिका–१ का २५ परिवारलाई उन्नत जातको बङ्गुर र कोसी–५ स्थित प्रभाकर टोलका २२ सदा र मरिक समुदायका किसानलाई बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले  जानकारी दिए । 

तालिम प्राप्तसमेत गरेका उनीहरूले उन्नत जातको बाख्रा र बङ्गुर पाएपछि आम्दानी हुने उद्देश्यका साथ लागिपरेका छन् । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउने योजनाअनुसार बाख्रा र बङ्गुर वितरण गरिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । ‘अध्यक्ष कृषि आधुनिकीकरण योजना’ बाट ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्न सहयोग पुगेको उनको भनाइ छ । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ५९ बजे

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास

प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री