पाकिस्तानद्वारा नेदरल्याण्ड्स ७ विकेटले पराजित « Khabarhub

पाकिस्तानद्वारा नेदरल्याण्ड्स ७ विकेटले पराजित


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पाकिस्तानले दोस्रो ओडिआई खेलमा नेदरल्याण्ड्सविरुद्ध ७ विकेटको सानदार जित हात पारेको छ ।

नेदरल्याण्डमा भएको खेलमा कप्तान बाबर आजमसहित तीन ब्याटरको अर्धशतकमा पाकिस्तानले घरेलु टोलीलाई हराएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३३।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवान ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । सलमान अली अघा ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । उनको पहिलो ओडिआई अर्धशतक हो । नेदरल्यान्ड्सका भिभियन किंग्माले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्स ४४।१ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका बास डि लिडेले १ सय २० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८९ रन बनाए । टम कपुरले ७४ बलमा ७ चौका र २ छक्कासहित ६६ रन बनाए ।

पाकिस्तानका हरिस रौफले ७।१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नवाजले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नसिम साहले ६ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १० : १९ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्