न्युजिल्याण्डको दक्षिणी टापुमा भीषण बाढी, सयौं परिवार विस्थापित « Khabarhub

न्युजिल्याण्डको दक्षिणी टापुमा भीषण बाढी, सयौं परिवार विस्थापित


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ– न्युजिल्यान्डको दक्षिणी टापुमा बिहीबार आएको बाढीका कारण सयौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । मुलुकका मुख्य गरी तीन क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

उष्ण कटिबन्धीय मौसमका कारण आउने आँधीले दक्षिण टापुका केही भागमा ३० सेन्टिमिटर भन्दा बढी वर्षा गराएको छ, जसका कारण नदीहरूमा बाढी आई उनीहरूले विभिन्न स्थानमा नदीले भू–क्षय गरी बस्ती र कृषिजन्य जमिनलाई डुबाउने खतरा बढेको छ ।

अत्यधिक मौसमका कारण रुखहरु पनि ढलेका छन् भने मुख्य सडकहरु अवरुद्ध भएका छन् । पश्चिमी तटमा रहेको बुलर र नेल्सनमा बुधबार आपतकालीन अवस्था घोषणा गरिएको छ, जहाँ १५ घण्टामा एक महिनामा भन्दा बढी वर्षा भएपछि २३३ परिवारलाई सुरक्षित स्थलमा सारिएको छ ।
व्यापक बर्षाका कारण नेल्सनको मुख्य नदी मैताईमा ठूलो बाढी आएको र नदीले प्राकृतिक मार्ग परिवर्तन गर्दै घर, पाइप र सडकहरू खोलेको छ भने बस्ती तथा जमीनमा दुई फिटभन्दा बढी पानी जमेको छ ।

शहरका मेयर रचेल रीजले बाढीलाई ‘एकसय वर्षमा एक पटक हुने घटना’ बताए । खोजी र उद्धार टोलीहरू र सैन्य कर्मचारीहरूले जलमग्न सडकमा मानिसहरूलाई मद्दत गरिरहेका छन् ।

रीजले बाढीका कारण ढलहरू फुटेकाले स्थानीयहरूलाई सबै पानीलाई दूषित पानीको रूपमा व्यवहार गर्न चेतावनी दिए ।

नेल्सननिवासी साम लाग्रुट्टाले प्रहरीले घरबाट बाहिर निस्कन पाँच मिनेटमात्र समय दिएको भन्दै स्थिति भयावह रहेको बताएका छन् ।

दक्षिण टापुको पश्चिमी तटका थप १६० घरधुरीलाई पनि खाली गर्न भनिएको छ । बुलर हालैका वर्षहरूमा बारम्बार बाढीको चपेटामा पर्दै आएको छ।

न्युजिल्याण्डको उत्तरी टापु पनि खराब मौसमबाट प्रभावित भएको छ । नर्थल्याण्डमा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको छ र ‘स्टेट हाइवे वन’मा रुख ढलेर भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।

गत महिना न्युजिल्याण्डको इतिहासमा नै ठूलो बर्षा भएको थियो भने खराब मौसम यस साताको अन्त्यसम्म जारी रहने देखिएको मौसम विज्ञान पूर्वानुमान कार्यालयहरूले जनाएका छन् ।
न्युजिल्यान्डका २० हजार घरमध्ये करिब एक प्रतिशत घर बाढीको जोखिममा छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : २३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्