यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १८ डिसेम्बर, २०२२। विश्व इतिहासमा सदा झैँ आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाक्रम :

राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता
सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे–जुङ विजयी भएर इतिहास रचेका थिए। उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन्।

न्यु जर्सी तेस्रो राज्य
१७८७– न्यु जर्सी संयुक्त राज्य अमेरिकाको तेस्रो राज्य बनेको थियो। अमेरिकी संविधानलाई पारित गरेपछि न्यु जर्सी अमेरिकी राज्य बनेको थियो।

ट्रम्पमाथि महाअभियोग
सन् २०१९– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाएको थियो। पदको दुरुपयोग र संसद् अवरोध गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो। अमेरिकी इतिहासमा हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण
सन् १९५८–विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण भएको थियो। अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट उपग्रह प्रक्षेपण भएको थियो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक