यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज १८ डिसेम्बर, २०२२। विश्व इतिहासमा सदा झैँ आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाक्रम :

राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता
सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे–जुङ विजयी भएर इतिहास रचेका थिए। उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन्।

न्यु जर्सी तेस्रो राज्य
१७८७– न्यु जर्सी संयुक्त राज्य अमेरिकाको तेस्रो राज्य बनेको थियो। अमेरिकी संविधानलाई पारित गरेपछि न्यु जर्सी अमेरिकी राज्य बनेको थियो।

ट्रम्पमाथि महाअभियोग
सन् २०१९– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाएको थियो। पदको दुरुपयोग र संसद् अवरोध गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो। अमेरिकी इतिहासमा हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।

विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण
सन् १९५८–विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण भएको थियो। अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट उपग्रह प्रक्षेपण भएको थियो।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : २३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात