कोरोना संक्रमण बढेपछि सर्‍यो ‘म यस्तो गीत गाउँछु २’ « Khabarhub

कोरोना संक्रमण बढेपछि सर्‍यो ‘म यस्तो गीत गाउँछु २’


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सरेको छ ।

कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ११ : ५६ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता