गाँजा खेती गर्ने वातावरण बनाउन चेम्बरको आग्रह « Khabarhub

गाँजा खेती गर्ने वातावरण बनाउन चेम्बरको आग्रह


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले मुलुकमा गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्ताका क्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गाँजा खेती गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने बताए ।

अध्यक्ष मल्लले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन सभामुखको ध्यानाकर्षण समेत गराए ।

भेटवार्तामा अध्यक्ष मल्लले सभामुखलाई अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा