फिल्म छाडेर के गर्दैछन् सलिन ? « Khabarhub

फिल्म छाडेर के गर्दैछन् सलिन ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सलिन मान बनिया नेपाली फिल्ममा पपुलर नाम थिए । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मा उनको लुक्सको राम्रो चर्चा भयो ।

कोस्टार साम्राज्ञी आरएल शाहसँगको उनको ग्लामर केमेस्ट्री , उनको कोरियन लुक्स र नयाँ अनुहारको उनको अभिनयलाई छायाँमा पार्यो । राम्रो अभिनय नगरेपनि अन्य गुणको कारण उनी नोटिस भए । पहिलो फिल्म मार्फत नै उनले स्टारडमको स्वाद चाखे ।

उनी फिल्मको लागि पहिलो रोजाई भने थिएनन् । निर्देशनमा डेब्यु गर्दै गरेकी झरना थापाले सलिनअघि अनमोल केसीलाई अफर गरेकी थिइन् । उनले पुरानो नाम भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि ‘प्रेम गीत’ मार्फत दर्शक समक्ष आफ्नो पहिचान स्थापित गरिरहेका प्रदीप खड्कालाई फिल्म अफर गरियो । उनले फिल्म पुरानो टिमसँग नगर्ने बताए ।

त्यसपछि झरनाकै छोरी सुहाना थापाले आफ्नो साथी मार्फत सलिनलाई भेटेकी थिइन् । फोटोमा कोरियन लुक्स आएपछि सलिनलाई टिमले लियो । फलतः फिल्म चल्यो । सलिन पनि चले । पहिलो फिल्म पश्चात उनलाई फिल्मको धेरै अफर आए । तर उनले सहजै काम गर्ने मन भने बनाएनन् ।

सम्राट शाक्यको निर्देशनमा बन्ने फिल्म ‘यात्रा : द म्युजिकल भ्लग’ मा उनी काम गर्न सहमत भए । त्यसमा देखिने क्यारेक्टरको लागि उनले डान्स, फाइट पनि सिके । तर फिल्मले सफलता पाउन सकेन । लगानी र मुनाफा हिसाब गर्दा फिल्म फ्लप भयो ।

त्यसपछि पनि सलिनलाई निर्माता तथा निर्देशकले नखोजेका होइनन् । तर, उनले फिल्ममा अभिनय गर्ने जाँगर देखाएनन् । यतिबेला उनी विस्तारै दर्शकको मानसपटलबाट हराउँदैछन् । उनले फिल्ममा काम गरेका छैनन् ।

नायक अनमोल केसीको विकल्पको रुपमा पनि हेरिएका सलिन केहि समय आफ्नै घरायसी काममा व्यस्त भए । आफ्नो बिजनेसमा समेत सक्रिय रहेका सलिनले फिल्म खेल्ने जाँगर चलाएका छैनन् । तर, उनी यस क्षेत्रबाट टाढा पनि छैनन् ।

उनी फिल्म छाडेर ब्युटी कन्टेस्टको जज बन्नमा रमाइरहेका छन् । फिल्मी दुनियाँबाट टाढा रहेका सलिन हिजोआज ‘मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल’ को एक निर्णायकको रुपमा प्रतियोगी छान्ने काम गरिरहेका छन् । अहिले यो प्रतियोगिताको धमाधम अडिसन चलिरहेको छ । फिल्मको प्रस्ताव लिएर जानेलाई ‘नाइँ’ भनेर सौन्दर्य प्रतियोगितामा रमाउने सलिनको बानी देखेर फिल्मकर्मी नै चकित छन् ।

ग्लामरको मोह त्याग्न नसकेका सलिनले फिल्म आफैँ निर्माण गर्ने चर्चा नचलेको पनि होइन । तर , त्यसबारे औपचारिक रुपमा केहि खबर सार्वजनिक भएका छैनन् । उनी फिल्मकर्मी र मिडियाकर्मीको सम्पर्कमा पनि छैनन् । आफ्नी प्रेमिकासँग बेलाबखतमा सामाजिक सञ्जालमा देखिने सलिन फिल्म छाडेर सौन्दर्य प्रतियोगितामा किन आकर्षित भए ? यो उनैले जानुन ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : २६ बजे

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च

कांग्रेस विवाद : गगनलाई आधिकारीकता दिने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर

सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, देउवा पक्षको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट