कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड « Khabarhub

कसैको वैशाखी टेकेर चुनाव लड्दैनौँ, एक नम्बर पार्टी बन्छौँ : प्रचण्ड

संविधान र लोकतन्त्रको रक्षा गर्ने शक्ति माओवादी हो भन्ने जनताले बुझिसके 


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नै पहिलो शक्ति बन्ने सम्भावना रहेको बताएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकारसँग प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने शक्ति नै माओवादी रहेछ भन्ने जनतामा परिसकेको बताए ।

२०६४ सालको निर्वाचनमा ५ सिट जित्न सक्दैन भन्ने टिप्पणी गर्ने गरेको स्मरण उनले भने, ‘कसैको वैशाखी टेकेर होइन एक्लै चुनाव लड्ने वाला छौँ, अहिलेका सबै उपलब्धि माओवादीकै एजेन्डा हुन्, हामीले नै जोगाउने हो, त्यसैले अरू सबै माओवादीसँग तालमेल गर्न आउनुपर्छ हामी जाने होइन।’

कांग्रेस उपसभापति धनराज गुरुङले ‘हात्तीको कानमा चमेरा’ भनेर सुन्नै नसकिने टिप्पणी गरेको उल्लेख गर्दै प्रचण्डले त्यस्ता व्यक्तिको कारणबाहेक गठबन्धन कायमै रहने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ५४ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका