माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै « Khabarhub

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ ।

विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ ।

विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २२ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि