माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै « Khabarhub

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ ।

विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ ।

विष्टसँगै माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरेलगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको दिशामा हालको पार्टी नेतृत्व लाग्न नसकेको, पहिला कार्यकर्तालाई सडकमा पठाएर पछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गरिनुलगायतको कारण आफूले पार्टी छाडेको विष्टले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने