भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण « Khabarhub

भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नगरपालिकाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।

शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नगरपालिका वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छे वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले  जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खटिनुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनवद्धता व्यक्त गरे । 

सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हालेकाछन् ।शपथ ग्रहणपश्चात नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक पनि बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा साहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

 साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २० बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं