भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण « Khabarhub

भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ ग्रहण


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नगरपालिकाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।

शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नगरपालिका वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छे वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले  जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खटिनुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनवद्धता व्यक्त गरे । 

सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हालेकाछन् ।शपथ ग्रहणपश्चात नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक पनि बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा साहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

 साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २० बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको