यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची « Khabarhub

यी हुन् आजको प्रतिनिधिसभा बैठकका पाँच कार्यसूची


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकका लागि संसद सचिवालयले ५ वटा सम्भावित कार्यसूची मंगलबार नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयेक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि सो विधेयकलाई निर्णयार्थ पेश गरिनेछ।

यस्तै बैठकमा ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट’को सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता अनुमोदन गर्ने तयारी छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले सो सम्झौतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

 हेर्नुहोस् कार्यसूची

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : २९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल