काँग्रेस नेता प्रदीप गिरीको निधन « Khabarhub

काँग्रेस नेता प्रदीप गिरीको निधन


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।

७५ वर्षीय नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको काँग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो।

गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो।

सिराहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता थिए।

पिताबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आवद्ध भए। नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताए। कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय छन्।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : ५४ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण