ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने « Khabarhub

ख्वप: अस्पताल १ सय शय्या क्षमतामा स्तरोन्नति हुने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: अस्पताल अब १ सय शय्या क्षमतामा स्तरोन्नति हुने भएको छ ।

त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुनुवाइ भएको छ ।

कार्यक्रममा सहभागीहरूले ख्वप: अस्पताललाई यथाशीघ्र सय शय्या क्षमता विस्तार गर्नु पर्ने बताएका छन् । उनीहरूले ख्वप: अस्पताललाई स्वास्थ्य सेवाको हिसाबले देशकै नमूना बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीको भावनाअनुसार ख्वप: अस्पतालले कम शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको छ । उनले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादनमूलक क्रियाकलापमा सक्रिय बनाउन नगरपालिका लागि परेको बताए ।

उनले सरकारको विभेदकारी नीतिका कारण नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा यो वर्ष नर्सिङ संकायमा प्रवीणता प्रमाणपत्र तह स्टाफ नर्समा भर्ना लिन नपाएको चर्चा गर्दै सय शय्याको आफ्नै अस्पताल सञ्चालनसँगै नर्सिङमा भर्ना लिन सकिने बताए । ख्वप: अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागि रहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।

परामर्शदाताको तर्फबाट वातावरणविद् हरिशप्रसाद भट्टले अस्पताल सञ्चालन गर्नु संवेदनशील विषय भएकोले सरोकारवाला सबै पक्षसँग सरसल्लाह गरेर यथार्थपरक प्रतिवेदन तयार गर्ने र सबैका लागि सुरक्षित बनाउन सुझाव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागेश्वरी कलेजका ज्ञानसागर प्रजापति, बागेश्वरी माविका कृष्णप्रसाद धन्छा, ईन्जिनियरिङका विष्णुकुमार प्रजापति, महिला स्वास्थ्य स्वयंसेविका तारादेवी धन्छा, अस्पताल व्यवस्थापक अनु ह्योंमिखा, वातावरणविद् कमलराज गोसाइँलगायतले ख्वप: अस्पताल निर्माण र सञ्चालनको क्रममा आउनसक्ने नकारात्मक वातावरणीय प्रभावको विषयमा चर्चा गर्दै न्यूनिकरण कार्यमा यथासम्भव सबैले ख्वप: अस्पताललाई स्तरीय र सुविधासम्पन्न बनाउन लिखित सुझाव पेश गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : २४ बजे

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप