सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

बिहीबार विवाहका लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

राजविराज नगरपालिका–१४ पर्साही घर भई हाल छिन्नमस्ता–६ खुदिबखारीमा अस्थायी रूपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाइएकाे टेन्ट खाेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जनाए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : ४६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००