एसपीपीबारे सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ « Khabarhub

एसपीपीबारे सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्नि सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले एसपीपीको विषयमा सांसदहरुले उठाएका बिषयमाथि आफ्नो ध्यानाकर्षण भएको भन्दै यस सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । यसअघि एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि अमेरिकालाई पत्राचार नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै प्रतिनिधिसभाले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरेको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गर्ने सभामुखको प्रस्तावलाई बैठकले पारित गरेको हो ।

यसअघि असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले छानबिनका लागी समय अपुग भएको भन्दै म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ५ : ५८ बजे

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ