सुदूरपश्चिममा ‘गौरा महोत्सव २०७९’ हुने « Khabarhub

सुदूरपश्चिममा ‘गौरा महोत्सव २०७९’ हुने


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महाेत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो । 

काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुष, रहनसहनको प्रचार- प्रसार, पर्यटन प्रवर्द्धन एवं लोक संस्कृतिको पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले ‘गारौ पर्व’ को आयोजना गर्न लागिएको सांस्कृतिक समिति संयोजक सुरत रावत ‘डोटेली कान्छा’ ले बताए । 

कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी गौरा प्रदर्शन, लोक बाजाको प्रदर्शन एवं प्रवर्द्धन, ९ वटै जिल्लाका कलाकारहरूका लोक नृत्य तथा लोक गायन प्रस्तुति, बाल प्रतिभा प्रवर्द्धन, लोक सांस्कृतिक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज स्रष्टालाई सम्मान, चर्चित कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

यस्तै डेउडा प्रतियोगितामा प्रथम हुनेलाई, २५ हजार १११, दोस्रो हुनेलाई १७ हजार १११, तेस्रो हुनेलाई ११ हजार १११ र सान्त्वना ५ हजार १११ पुरस्कार रहेको रावतले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ६ : ४० बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,