दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

दार्चुलामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दार्चुला – जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्र्याक्टर आज दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : २५ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६