मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो « Khabarhub

मुगुका कृषकलाई स्याउ काँटछाँटको चटारो


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मुगु – हिमाली जिल्ला मुगुमा आजभोली स्याउ कृषकलाई विरुवा काँटछाँट गर्न चटारो छ कार्य सुरु भएको छ । हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदको समयमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान बिरुवाको काँटछाँटमा लागेका हुन् ।

स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने, बढि फलेर साना दाना लाग्ने, लाई किरा, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोपसमेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोटबिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञ जोड रहेको छ ।

विगतकका वर्षमा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनि यो वर्ष प्राविधिक खटाएइएको छैन किसानले आफैँ प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाट गर्ने गरेका कृषि विकास कार्यलय मुगुले जनाएको छ ।

विगतमा स्याउ काँटछाटलगायत अन्य काम गर्न बजेट आउने र काम गर्न पनि सजिलो हुन्थ्यो । संघीय संरचनासँगै काम गर्ने शैली फेरीएको छ । किसानको हितमा काम गर्ने कृषि कार्यलयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र कृषि विकास कार्यलयबाट किसानले पाउने बिउँ बिजन, औषधि पनी संघीय संरचनापछि पाउन छाडेको कृषि विकास कार्यलय मुगुका सुचना अधिकारी टेक बहादुर खत्रिले बताए । उनका अनुसार गत आर्थिक वर्ष मुगुमा गत वर्ष १ हजार २ सय ४३ हेक्टर क्षेत्रफलमा ९ हजार ३ सय ८५ मेट्रिक टन स्याउ उत्पादन भएको सुचना अधिकारी खत्रिको भनाई छ ।

समयमा नै हिमपात भए स्याउको उत्पादनमा वृद्धि हुन्छ । विगतका वर्षमा असिना पानीले स्याउ उत्वादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमि रहेको थियो ।
मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादनमा केही फड्को मार्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का सफल युवा कृषक मणिचन्द्र भामले बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : ३१ बजे

यूक्रेन–अमेरिका वार्ता : शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित

एजेन्सी– यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या

नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता हो : राष्ट्रपति

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार

विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर

ललितपुर महानगरको नयाँ प्रशासनिक भवनको उद्‌घाटन

काठमाडौं– ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन राष्ट्रपति रामचन्द्र पौडेलले आज