लोसपाले एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने « Khabarhub

लोसपाले एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीका बारेमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका बिषयमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनले अध्यक्ष ठाकुरको निर्णयलाई लोसपाले सर्वसम्मत रुपमा स्वीकार गर्ने बताए । त्यस्तै बैठकले १२ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको कर्णले जानकारी दिए ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ३० बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी