एनएमबि बैंकले ल्यायो NMB You-Wah! Digi Savings योजना « Khabarhub

एनएमबि बैंकले ल्यायो NMB You-Wah! Digi Savings योजना


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता “NMB You-Wah! Digi Savings” ल्याएको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्ने बैंकले बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

एनएमबि बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने पनि जनाएको छ ।

त्यसैगरी यस योजनाअन्तर्गत बैंकले एनएमबि ओम्नी च्यानल बैंकिङ्ग, एनएमबि क्रेडिट कार्ड र एनएमबि डलर कार्ड (साथै डलर टप–अप) मानिःशुल्क सुविधासहित

डिजिटल कारोबारमा निःशुल्कअन्तर बैंक फण्ड ट्रान्सफर (ABBS) र वार्षिक १,२०० सम्मको क्यास ब्याक योजना जस्ता आकर्षक लाभहरू पनि उपलब्ध गराउने छ ।

यसका अतिरिक्त बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५% छुट पनि उपलब्ध गराउने जनाएकोे छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ०१ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप