भारतमा कोरोना भाइरसका १३ हजारभन्दा धेरै सङ्क्रमित थपिए « Khabarhub

भारतमा कोरोना भाइरसका १३ हजारभन्दा धेरै सङ्क्रमित थपिए


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शन्य दशमलब १९ प्रतिशत हो ।

पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

सोही अवधिमा कोरोना महामारीबाट ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना महामारी शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० जनाभन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  २ : ३१ बजे

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको