बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता | Khabarhub Khabarhub

बैंक अफ काठमाडौँ र हिमालयनले पाए डेढ अर्ब रकम फिर्ता


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बस्दा फसेको रकम फिर्ता पाएका छन् । उक्त काउन्टर ग्यारेन्टी बापतको रकममा बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रुपैयाँ आज फिर्ता पाएका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले खबरहबलाई जानकारी दिए ।

आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रयोजनका लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एडभान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पूरा नगरी बीचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टी उपर दावी गरेकोले बीओकेबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई काउन्टर ग्यारेन्टी  दिएको थियो । तर, मेलम्ची खानेपानी आयोजना विकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको विवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट नेपालका बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त हुन सकेको थिएन ।

अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्त बन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्तस्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको थियो ।

बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एडभान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ आज बैंकलाई फिर्ता आएको बीओकेका सीईओ श्रवण मास्कले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : ४४ बजे

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास

प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री