जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग « Khabarhub

जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व शान्तिको प्रवर्द्धनका लागि राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ ।

सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताहरुले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उनको योगदान ओझेलमा परेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सत्ता सुख छोडेर जनताको हितमा लाग्ने व्यक्तित्वका रूपमा जयपृथ्वीबहादुर सिंहलाई भावी पुस्ताले सम्झने बताए । जङ्गबहादुर राणाका नाति र चन्द्रशम्शेरका ज्वाइँ भएर पनि सिंहले जनताको हितका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको ऐतिहासिक तथ्य रहेको उनले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मरराज जोशीले पहिलो विश्वयुद्धको विभत्स दृश्यले जयपृथ्वीबहादुर सिंहले मानवतावादी दर्शन प्रवर्तन गरेको बताए । मानव अधिकारका दार्शनिक चिन्तन गर्ने पहिलो व्यक्तित्व पनि सिंह नै भएको उनको भनाइ थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बझाङको ५५ औँ राजाको पद भाइलाई छोडेर सिंह मानवतावादी अभियानमा लागेको बताए । उनले बेलायतबाट फर्केपछि ससुरा तत्कालीन श्री ३ चन्द्रशम्शेरसँगै फरक मत राखी शिक्षालगायत सुधारमा जयपृथ्वीबहादुर लागेका उनले जानकारी गराए ।

मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जयपृथ्वीबहादुरलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न यंयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताए । मानवतावादका माध्यमबाट विश्व शान्तिलाई प्रवद्र्धन गर्न पनि जयपृथ्वीबहादुरलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन परराष्ट्र मन्त्रालयको सहयोगमा प्रक्रिया अघि बढाउन लागिएको उनले बताए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले देवशम्शेरलाई विज्ञान शिक्षा अघि बढाउन सल्लाह दिने व्यक्तित्वका साथै शिक्षाको विकासमा लाग्न प्रेरणा दिएको योगदानलाई भुल्न नसकिने जानकारी गराए । कार्यक्रममा प्रेमबहादुर धामीले ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादर सिंह र उनको मानवतावाद’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै मानवताको प्रवद्र्धनका लागि धार्मिक सिद्धान्त प्रयोग गर्नुपर्छ भन्ने उनको मूल विचार रहेको बताए ।

उनले सामाजिक न्याय र समानताका पक्षधर सिंह विश्वव्यापी रूपमा नेपाललाई चिनाउन सफल भए पनि नेपालमै ओझेलमा परेको तथ्य अनुसन्धानबाट पत्ता लागेको जानकारी गराए । कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तले नक्साल, चैनपुरलगायत स्थानमा पाठशाला खोलेका सिंहले पहिलो पाठ्यपुस्तक लेख्नेलगायत काम गरी नेपालको शिक्षाको पिताका रूपमा स्थापित भएको बताए ।

सो अवसरमा अन्तर्राष्ट्रिय मानवतावादी संस्थाका सदस्य उत्तम निरौला, थाहा पुस्तकालयका शिव अधिकारी, त्रिचन्द्र क्याम्पस दर्शन शास्त्र विभागका सहप्राध्यापक डा गोविन्दशरण उपाध्याय, पञ्चसत्य सनातन, नेपाल पत्रकार महासङ्घका सचिव ललितबहादुर सिंह, प्रा डा राजाराम सुवेदीलगायतले जयपृथ्वीबहादुर सिंहले विभिन्न क्षेत्रमा गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

विसं १९३४ मा जन्मेका सिंहको १९९७ सालमा निधन भएको थियो । सरकारले उनलाई गत असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ०५ बजे

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा