पोखराका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

पोखराका भूमिहीनलाई निस्सा वितरण


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका भित्र रहेका भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु भएको छ । वडा नम्बर २५ को क्रान्तिटोलबाट निस्सा वितरण सुरु गरिएको हो ।

त्यहाँका २ सय ४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले निस्सा पाएका पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताए ।

‘यो जग्गा प्राप्ती होइन । जग्गा नाप्ने बेलामा यही निस्सा देखाउनुपर्छ,’ पोखरेलले भने, ‘निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’

विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको उनले बताए । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को ठाउँमा उचित ब्यवस्थापन गरिने उनको भनाइ छ ।

मेयर आचार्यले स्थानीय तहको निर्वाचनमा भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता अनुसार काम सुरु भएको बताए । ‘निर्वाचनमा प्रतिबद्धता जनाएका थियौं । अहिले काम नै सुरु भयो,’ उनले भने, ‘जनताका सामू गरिएका प्रतिबद्धता पूरा हुने चरणमा छ ।’

पोखरा महानगरपालिमा १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन गरिएको जिल्ला समिति कास्कीले जनाएको छ ।

चुनावका बेला आचार्यले सुकुम्बासीलाई बहुतले घर बनाएर व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका थिए । कास्की जिल्लाभर ३० हजारको हाराहारीमा भूमिहीन सुकुम्बासीहरुको बसोबास रहेको अनुमान छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ५१ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको