काठमाडौँ जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ जना घाइते | Khabarhub Khabarhub

काठमाडौँ जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ जना घाइते


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस गए राति ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

उनकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार सन्

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं – विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर